नमस्ते ! यो वेबसाइटमा स्वागत गर्दछु
आफ्नो भाषा, आफ्नो परिबेश, आफ्नो ठाउँ कसलाई मनपर्दैन र ? केहि मिठा लबजहरुको बान्कीमा लट्ठ पर्दै, आफ्नो सुरमा, आफुले अर्थ लगाउने सक्ने गरि लेखिएका दृश्यहरु हेर्नु, पुस्तकहरु पढ्नु अनि सुचनाहरुमा झुम्नु त मेरो पनि इच्छा हो नि ? म लाचार हैन, परिस्तिथि नबुजेको पनि हैन, बल्ल त बिस्तारै हाम्रो संस्कार मा इन्टरनेटको छाप गढीदै छ, हामी सुरुवात गर्दै छौ, त्यसैले यो कुनै नराम्रो मान्नु पर्ने कुरो हो जस्तो मलाई लाग्दैन | तर यस्तो नहोस कि सुरुवात मा नै हामी चुकौं, र हाम्रा भबिष्यहरुले लक्ष्मी प्रसाद देवकोटाका यी चिरबिर चिरबिर गरि सुसेल्ने शब्द हरुको सुरिलो धुन बिर्सुंन !