नमस्ते ! यो वेबसाइटमा स्वागत गर्दछु

आफ्नो भाषा, आफ्नो परिबेश, आफ्नो ठाउँ कसलाई मनपर्दैन र ? केहि मिठा लबजहरुको बान्कीमा लट्ठ पर्दै, आफ्नो सुरमा, आफुले अर्थ लगाउने सक्ने गरि लेखिएका दृश्यहरु हेर्नु, पुस्तकहरु पढ्नु अनि सुचनाहरुमा झुम्नु त मेरो पनि इच्छा हो नि ? म लाचार हैन, परिस्तिथि नबुजेको पनि हैन, बल्ल त बिस्तारै हाम्रो संस्कार मा इन्टरनेटको छाप गढीदै छ, हामी सुरुवात गर्दै छौ, त्यसैले यो कुनै नराम्रो मान्नु पर्ने कुरो हो जस्तो मलाई लाग्दैन | तर यस्तो नहोस कि सुरुवात मा नै हामी चुकौं, र हाम्रा भबिष्यहरुले लक्ष्मी प्रसाद देवकोटाका यी चिरबिर चिरबिर गरि सुसेल्ने शब्द हरुको सुरिलो धुन बिर्सुंन !

सबै पढ्न     प्रतिक्रियाहरु (४४)

दुख आफैमा

“को नै छ र यहाँ जो दुख आफैमा मन पराउछ, किनकि यो दुख हो, त्यसैले त यसलाई पाउन चाहन्छ ”

तर मैले तपाइहरु सबैलाई भन्नैपर्छ, कसरि अबुद्धियुक्त तरिकाले सुख लाई बद्ख्वाई गर्ने अनि दुखलाई प्रसंशा गर्ने सोचको जन्म भयो, साथै म तपाइलाई यो प्रणालीको इतिबृति दिनेछु र सत्यको खोजि गर्ने महान खोजिकर्ता, मानब सुखको प्रमुख निर्माणकर्ताको सच्चा दर्शनहरुको बर्णन गर्नेछु | कोहिपनि सुखलाई यत्तिकै अस्विकार गर्दैन, मन पराउदैन वा नकार्दैन, किनकि त्यो सुख हो, तर किनकि उ तर्कसंगत ढंगमा सुखको खोजि गर्न जान्दैन अनि अत्यन्त दुखदायी परिणाम भोग्न पुग्छ | त्यसरीनै, कोहिपनि त्यस्तो छैन जो दुख आफैमा मन पराउछ, खोज्छ वा चाहन्छ, किनकि त्यो दुख हो, तर किनकि कहिलेकाही त्यस्ता परिस्थितिहरु देखापर्छन जसमा कडा परिश्रम र दुखमा नै उ कुनै अपार सुख प्राप्ति गर्छ | एउटा सानो उदाहरण लिनुपर्दा, हामीमध्य कति छौं जो निरन्तर कठिन शारीरिक कसरत गर्न तत्पर हुन्छौ, यसबाट केहि फाइदा लिने बाहेकको अरु कुनै कारणमा ? तर कोसंग के अधिकार छ, त्यस्तो मान्छेको गल्ति औल्याउने जो त्यो सुख छान्छ जसमा कस्टदायी परिणाम छैनन ? अथवा त्यस्तो मान्छेको जो त्यो दुख त्याग्छ जसमा कुनै सुखदायी परिणाम छैन ?

सबै पढ्न     प्रतिक्रियाहरु (४४)